६ बैशाख २०८३, आईतवार April 19, 2026

कैलारी गाउँपालिकाले ल्यायो ७७ करोड २१ लाख १२ हजार बजेट

११ असार २०८१, सोमबार
कैलारी गाउँपालिकाले ल्यायो ७७ करोड २१ लाख १२ हजार बजेट

धनगढी, १० असार । कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को लागि ७७ करोड २१ लाख १२ हजारको बजेट ल्याएको छ ।


सोमबार भएको आर्थिक बर्ष २०८०/०८१ सालको गाउँसभा अधिवेशन (बर्षे/बजेट अधिवेशन) बाट संघीय सरकारबाट ६५ करोड ५२ लाख ८ हजार, प्रदेश सरकारबाट २ करोड ९६ लाख ६७ हजार, गाउँपालिका आन्तरिक आय २ करोड ५६ लाख ५० हजार र गैरसरकारी संघ संघको कार्यक्रम ६ करोड १५ लाख ८७ हजार गरी कुल ७७ करोड २१ लाख १२ हजार बजेट गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी अधिवेशनको सुरुवातमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।