३ असार २०८१, आईतवार June 16, 2024

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

२३ जेष्ठ २०८१, बुधबार
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

धनगढी, २३ जेठ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड सुखड शाखाले मृत्यु दाबी बापतको बीमा रकम हस्तान्तरण गरेको छ ।
कम्पनीले बर्दगोरिया गाउँपालिका वडा नं. १, कट्टिपुर निवासी स्वर्गिय जय प्रसाद न्यौपानेको परिवारलाई बीमा बापत ६ लाख १२ हजार पाँचसय रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीका सुखड शाखाका शाखा प्रमुख राम प्रसाद चौधरी, कर्मचारी पुष्पा कुमारी शाही र कम्पनीमा कार्यरत एजेन्सी म्यानेजरहरुले संयुक्त रुपमा स्वर्गिय बिमितको इच्छ्याइएको व्यक्ति पुन्नकला न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
बिरामीका कारण मृत्यु भएका जय प्रसाद न्यौपानेले सुखड शाखामा पाँच लाखको बीबमा गराएका थिए । उनले पाँच बर्षको बीमा शुल्क एक लाख ६५ हजार ७९५ भुक्तानी गरेका थिए ।