२१ मंसिर २०७९, बुधबार December 7, 2022

धनगढी नगर भलमन्सा समितिको अध्यक्षमा रोहित चौधरी

२४ जेष्ठ २०७९, मंगलवार
धनगढी नगर भलमन्सा समितिको अध्यक्षमा रोहित चौधरी

कैलाली । धनगढी नगर भलमन्सा समितिको अध्यक्षमा रोहित चौधरी चयन भएका छन् ।
समितिको प्रथम अधिवेशनबाट रोहित चौधरीको संयोजकत्वमा एघार सदस्यीय कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षमा राम नारायण चौधरी, सचिवमा बिन्तीराम चौधरी, कोषाध्यक्षमा राम प्रसाद चौधरी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमशः भोजराम राना, जोगीलाल चौधरी, श्री कृष्ण राना, गौरीलाल जोशी, जानकी चौधरी, फागुराम चौधरी, जीत राम चौधरी रहेका छन् । धनगढी उपमहानगरपालिकामा १९ वटा वडा रहेको छ । समितिमा वडा नम्बर १ देखि १९ सम्मका गाउँ टोलका भलमन्सालाई राखिएको छ ।
नगर भलमन्सा समितिले भलमन्साहरुको हक अधिकार, विकास निर्माण लगायत विभिन्न समस्याले पीडित समुदाय तथा व्यक्तिहरुलाई सहयोगी भूमिका खेल्दै आएको छ ।