१० जेष्ठ २०८३, आईतवार May 24, 2026

लैंगिक हिंसा प्रभावित महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्यमा समस्या

१० जेष्ठ २०८३, आईतवार
लैंगिक हिंसा प्रभावित महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्यमा समस्या

धनगढी, १० जेठ । लैंगिक हिंसा प्रभावित महिलाहरुको स्वास्थ्य अवस्था शारीरिक तथा मानसिक रुपमा कमजोर हुनुका साथै यौन तथा प्रजनन् स्वास्थ्यमा समस्या रहेको पाइएको छ ।


महिला पुनस्र्थापना केन्द्र (ओरेक)ले आइतबार सार्वजनिक गरेको एक तथ्यांकले लैंगिक हिंसा प्रभावित महिलाहरुको स्वास्थ्य अवस्था शारीरिक तथा मानसिक रुपमा कमजोर हुनुका साथै यौन तथा प्रजनन् स्वास्थ्यमा समस्या पाइएको हो । ओरेकले समुदायमा महिलाहरूको यौन तथा प्रजनन् स्वास्थ्य अवस्था, उनीहरूले भोगिरहेका समस्या र त्यसका कारणहरूको पहिचान गर्न एकीकृत महिला स्वास्थ्य मेलाको आयोजना गरेका थियो । सोही मेलामा सहभागि महिलाहरुसँग भएको “सयपत्री कुराकानी” मा ३८ जना लैंगिक हिंसा प्रभावित महिलाहरुको स्वास्थ्य अवस्था शारीरिक तथा मानसिक रुपमा कमजोर पाइएको हो ।


उक्त हिंसा प्रभाावित महिला मध्ये कैलालीकी ६६ वर्षीया सुहाना (परिवर्तित नाम) पनि एक हुन् । उनी सानै उमेरमा विवाहपछि निरन्तर घरेलु हिंसा, श्रमको अवमूल्यन र उपचारको अभाव भोगिन् । सुत्केरी अवस्थामा उचित हेरचाह नपाउँदा उनलाई पछि पाठेघर खस्ने गम्भीर समस्या भयो, जसले उनीमाथि हुने हिंसा अभैm बढायो । अन्ततः शल्यक्रिया गरी पाठेघर निकाल्नु प¥यो ।
शल्यक्रियापछि पनि थप दुर्घटनाका कारण उनको पिसाब थैली बाहिर निस्कियो र अवस्था झनै जटिल बन्यो । आर्थिक समस्या र पारिवारिक असहयोगका कारण आवश्यक उपचार नियमित हुन सकेन । गाउँको शिविरमार्फत रिङ पेसरी राखिए पनि समयमै परिवर्तन गर्न नसक्दा घाउ संक्रमण भयो । हाल उनको पिसाब थैली पूर्ण रूपमा बाहिर निस्किएको र गम्भीर संक्रमण भएको छ । तत्काल शल्यक्रिया सम्भव नभएकाले घाउ उपचारपछि मात्र अप्रेसन गर्नुपर्ने भएकाले उनलाई सेती प्रादेशिक अस्पतालमा रेफर गरिएको छ ।
अर्की कैलाली गौरीगंगा नगरपालिका निवासी ३६ वर्षीया (परिवर्तित नाम सानी) को १४ वर्षको उमेरमा मागी विवाह भएको थियो र १७ वर्षमा पहिलो पटक गर्भवती भइन् । उनले जन्माएका ५ सन्तान मध्ये २ जनाको मृत्यु भइसकेको छ भने ३ जना जीवित छन् । उनका सबै सन्तान घरमै जन्मिएका हुन् । सानै उमेरमा विवाह भएकाले काम गर्न नसक्दा श्रीमानबाट कुटपिट, गालीगलौज र मानसिक हिंसा सहनुपरेको उनले बताइन् । लगातार छोरीहरू जन्मिँदा थप हिंसा भोग्नु प¥यो र छोराको चाहनामा २ पटक गर्भपतन पनि गरिन् । गर्भावस्था र सुत्केरी अवस्थामा पर्याप्त खाना, आराम र स्वास्थ्य सेवा नपाएको तथा स्वास्थ्य संस्था टाढा भएकाले नियमित जाँच पनि गराउन नसकेको बताइन् । उनले लामो समयसम्म परिवार नियोजनको अस्थायी साधन (नरप्लान्ट) प्रयोग गरेकीले अहिले महिनावारी गडबडी, ढाड–कमर दुख्ने र यौनाङ्ग चिलाउने समस्या भोगिरहेकी छिन् ।
कैलालीकी ६५ वर्षीया (परिवर्तित नाम तुली) को १४ वर्षको उमेरमा विवाह भई १५ वर्षमै पहिलो सन्तान जन्मिएको थियो । उनले घरमै जन्माएका १६ सन्तान मध्ये ७ मात्र जीवित छन् र ९ वटा बच्चा खेर गएको थियो । वर्षेनी गर्भवती हुने र २ वा ३ महिनामा खेर जाने गर्दा पनि उनलाई कहिल्यै स्वास्थ्य चौकी लगिएन । छोरी मात्र जन्मिएको भन्दै श्रीमान, सासु–ससुराबाट गालीगलौज र श्रीमानबाट कुटपिट सहनुपरेको उनले बताइन्। गर्भावस्था र सुत्केरी समयमा पर्याप्त खाना र आराम कहिल्यै नपाएको र स्वास्थ्य जाँचका लागि अस्पताल नलगिएको अवस्था थियो । लगातार धेरै सन्तान जन्माउनुपर्दा शरीर कमजोर भई उनलाई ढाड–कमर दुख्ने, पेट दुख्ने र कमजोरीको समस्या देखिएको छ ।
ओरेककी जिल्ला संयोजक गीता चौधरीले नेपालको प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ ले प्रजनन् स्वास्थ्यलाई शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यसँग जोडेर परिभाषित गरेको छ र दिगो विकास लक्ष्यले पनि सबैका लागि यौन तथा प्रजनन् अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे पनि व्यवहारमा महिलाहरूले आफ्नै शरीर सम्बन्धी निर्णय गर्न नपाउने अवस्थाले यस्तो समस्या आएको बताइन् । उनले बालविवाह, छोरा जन्माउनुपर्ने बाध्यता, जबरजस्ती यौन सम्बन्ध, असुरक्षित यौन व्यवहार तथा महिलाको श्रमको अवमूल्यन जस्ता समस्याहरूले महिलाहरुको अवस्था दयनीय रहेको बताइन् । जिल्ला संयोजक चौधरीले विभेदपूर्ण सामाजिक संरचना परिवर्तन नभएसम्म महिलाको यौन तथा प्रजनन् स्वास्थ्यमा अपेक्षित सुधार सम्भव नहुने पनि बताइन् ।
महिलाहरू सानै उमेरमा विवाह, कम उमेरमै गर्भधारण, लगातार गर्भधारण, बारम्बार गर्भपतन, र छोरा जन्माउनुपर्ने सामाजिक दबाबका कारण उनीहरूको स्वास्थ्यमा गम्भीर असर परेको छ । साथै, श्रीमानबाट हुने शारीरिक, मानसिक तथा यौन हिंसा, सुत्केरी अवस्थामा समेत आराम र पोषणको अभाव, तथा स्वास्थ्य सेवामा पहुँच नहुनुले समस्या झन् जटिल बनाएको छ ।
ओरेकले माघदेखि चैत्र महिनाको अवधिमा गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिकासँगको समन्वयमा विभिन्न वडामा जोखिम अवस्थामा रही वसोवास गर्दै आएका समुदायलाई लक्षित गरी गौरीगंगा नगरपालिकाको वडा नं ७, ११ र धनगढी उपमहानगरपालिकाको वडा नंंं. १९ मा महिला तथा किशोरीहरुलाई एकिकृत स्वास्थ्य सेवा दिन, जनचेतना अभिवृद्धि गराउनुका साथै प्रतिकारात्मक, प्रवद्धर्नात्मक, उपचारत्मक र परामर्श सेवा प्रदान गर्ने उद्देश्यले एकिकृत महिला स्वास्थ्य मेला आयोजना गरेको थियो ।
चार दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरमार्फत ६५७ जनालाई लैंगिक विभेदमा आधारित हिंसा, महिलामाथि हुने हिंसाले स्वास्थ्यमा पर्ने असर, यसको रोकथामका उपायहरू, जडीबुटीको प्रयोग तथा उपयोग, साथै जनचेतनामूलक पोस्टर प्रदर्शन र अभिमुखीकरण मार्फत प्रजनन स्वास्थ्य समस्याका कारण र रोकथामका उपायबारे जानकारी प्रदान गरिएको थियो ।
त्यसैगरि ओरेकले सोही मेलामा सहभागि ५४५ महिलासँग सयपत्री कुराकानीबाट महिलाको यौन तथा प्रजनन् स्वास्थ्य अवस्थाबारे महत्वपूर्ण तथ्यहरू पाइएको जनाएको छ । प्राप्त तथ्यांकअनुसार, पहिलो सन्तान जन्माउने उमेर अधिकांश महिलाहरूका लागि कम उमेरमै रहेको, जहाँ १५ वर्षभन्दा कम उमेरमा ८ प्रतिशत र १५ देखि २० वर्षभित्र ३५ प्रतिशत महिलाहरूले पहिलो सन्तान जन्माएका पाइएको छ । त्यस्तै, २१ देखि २५ वर्ष उमेर समूहमा ३९ प्रतिशत, २५ देखि ३० वर्षमा १६ प्रतिशत र ३० वर्षभन्दा माथि मात्र २ प्रतिशत रहेको पाइएको छ ।
उक्त तथ्यांकले बच्चा खेर गएको÷गर्भपतनसम्बन्धी तथ्यांकले पनि गम्भीर अवस्था देखाएका छ, जहाँ ५४ प्रतिशत महिलाले दुई पटक, २४ प्रतिशतले तीन पटक र २२ प्रतिशतले तीनपटक भन्दा बढी गर्भपतन अनुभव गरेका छन् । सन्तान जन्माउने स्थानका सन्दर्भमा अझै पनि धेरै महिलाहरू (३१० जना) ले घरमै सन्तान जन्माएको पाइएको छ भने २३५ जनाले मात्र स्वास्थ्य संस्थाको सेवा लिएका छन् ।
परिवार नियोजनको प्रयोगमा पनि लैंगिक असमानता देखिएको छ, जहाँ ८५ महिलाले स्थायी बन्ध्याकरण गरेका छन् भने जम्मा ३ जना पुरुषले स्थायी बन्ध्याकरण गरेको तथ्याङ्क रहेको छ । अस्थायी बन्ध्याकरण गर्ने महिलाहरुमा गम्भीर समस्या देखिए पनि पुरुषहरुले कण्डम प्रयोग गर्न नमान्ने कारणले जोखिम मोलेर भए पनि आपैंmले प्रयोग गर्ने गरेका सयपत्री कुराकानीको समयमा महिलाहरुले साझा गरेका थिए ।
परिवार नियोजनको साधनको प्रयोग बारे ३७० जना महिलासँग गरिएको प्रश्नमा २८८ जना महिला आपूmले र जम्मा ८२ जनाको श्रीमानले प्रयोग गर्ने गरेको पाइएको थियो । यसले परिवार नियोजनको साधन प्रयोग सम्बन्धमा पुरुषहरुलाई अभैm सचेतनामूलक कार्यक्रमको ावश्यक रहेको देखाइएको छ ।