धनगढी, ६ जेठ । कैलारी गाउँपालिकाको हसुलियामा भएको रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलारी उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रम भएको हो । ‘रक्तदान जीवनदान’ भन्ने नारा सहित रक्तदान कार्यक्रम भएको हो ।

नेपाल रेडक्रस सोसाइटी कैलारी उपशाखाका कार्यबाहक सभापति राम कृष्ण चौधरीले थारु समुदाय सिकलसेल रोगबाट प्रभावित भएको बताए । उनले सिकलसेल एनिमिया भएका विरामीलाई अरु विरामी भन्दा बढी रगतको आवश्यकता पर्ने भएकोले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।
नेपाल रेडक्रस सोसाइटी कैलारी उपशाखाले प्रत्येक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । वृहत रक्तदान कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले रक्तदान गरेका थिए ।


