२ असार २०८१, शनिबार June 15, 2024

धनगढीमा एक हप्ता गर्मी बिदा

१७ जेष्ठ २०८१, बिहीबार
धनगढीमा एक हप्ता गर्मी बिदा

धनगढी । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले उपमहानगर भित्रका सम्पूर्ण विद्यालयलाई विदा व्यवस्थापन गर्न अनुरोध गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका सम्पूर्ण विद्यालयलाई जेठ १८ गतेदेखि २४ सम्म बिदा व्यवस्थापन गर्न अनुरोध गरेको हो ।
पत्रमा भनिएको छ –‘गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै मिति १८ गतेदेखि २४ गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तरगत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन सूचना प्रकाशित गरिएको छ ।’
धनगढीमा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज न्यूनतम ४२ देखि ४४ डिग्री तापक्रम रहने अनुमान गरिएको छ ।