हसुलिया, २७ बैशाख । बहुउद्देश्यीय बिकास समाज डडेल्धुराको आयोजनामा स्थानीय बिपद ब्यवस्थापन समिति र टास्क फोर्ससंग समन्वय बैठक कैलारी गाउँपालिकाको हसुलियामा सम्पन्न भएको छ ।
कैलारी गाउँपालिकाको समन्वय, KERK IN ACTIE र CORDAID सहयोगमा बहुउद्देश्यीय बिकास समाज (MPDS) डडेलधुरा द्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत परियोजना द्घारा पालिका स्तरमा संचालन भएका गतिविधि र उपलब्धिहरुको प्रस्तुति र समीक्षा तथा आगामी योजनाका बारेमा सरोकारवाला निकायहरु बिच छलफल एंव जानकारी गराउने उद्घेश्यले समन्वय बैठक आयोजना गरिएको हो ।

बैठकमा कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती कुमारी चौधरी ले बिपद जोखिम न्यूनीकरणको क्षेत्रमा र समुदाय स्तरमा सचेतना अभिबृद्घी गर्ने कार्यमा MPDS ले खेलेको भूमिकाको प्रशंसा गर्दे धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले MPDS संग पालिकाले अन्य कामहरुमा पनि सहकार्य गर्ने बताइन् ।
बैठकमा कैलारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीदत्त भट्ट ले बिपद संबेदनसिल बिषय भएकाले यसको ब्यवस्थापनमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनु भयो कार्यक्रममा कैलारी गाउँपालिका वडा न ३ का अध्यक्ष सन्तराम चौधरी ले टास्क फोर्सको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा आफूहरुले पनि सहयोग गर्ने बताए ।
कार्यक्रममा वडा नं ५ का अध्यक्ष बिष्णु चौधरीले संस्थाले पालिका स्तरमा गरेका कामहरु अत्यन्तै राम्रो भएको बताउदै ,थप सचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिए ।
बैठकमा वडा नं ६ का अध्यक्ष प्रेम बहादुर चौधरीले बिपदको बाढी डुबानका साथ साथै आगलागी नियन्त्रण सम्बन्धि पनि सचेतनामूलक अभिमुखीकरण गर्नुपर्ने बताए। त्यस्तै बैठकमा सुर्मिनाला टास्क फोर्सका अध्यक्ष जगलाल चौधरीले स्थानीय स्तरमा बिपद जोखिम न्युनिकरण र जनचेतना जगाउने कार्यमा टास्कफोर्स लागि रहेको बताउदै स्थानीय सरकारबाट पनि बिपदको लागि वडा स्तरमा बजेट र कार्यक्रम छुट्याउनु पर्ने बताए ।
बैठकमा सहभागी जनप्रतिनिधिहरु भलबन्सा र टास्कफोर्सका प्रतिनिधि हरुले बिपदको क्षेत्रमा थप गतिविधि सहित कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका थिए । बैठक वडा नं ४ का अध्यक्ष एंव बिपद संयोजक ठागुराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।