६ बैशाख २०८३, आईतवार April 19, 2026

डमरु हुर्काउन कैलालीका वनमा पाटे बाघ

२४ बैशाख २०८१, सोमबार
डमरु हुर्काउन कैलालीका वनमा पाटे बाघ

धनगढी, २४ बैशाख । गौरीगङ्गा नगरपालिकाको मसुरिया क्षेत्रमा पाटे बाघ देखिएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा बिचरण गरिरहेको संरक्षणकर्मीले जनाएका छन् । पाटे बाघ केहि दिन यता गौरीगङ्गा नगरपालिका वडा नं ९ को हरियाली सामुदायिक वनमा बसिरहेको छ । वनमा बाख्रा चराउन गएका स्थानीय महिलाहरूले हरियाली सामुदायिक वनको राजमार्ग क्षेत्रमा बाघ देखेको सामुदायिक वनका अध्यक्ष भोजराज जोशीले जानकारी दिएका छन् ।
‘बाघ समूहमा आएको छ डमरु सहितको पोथी छ’, अध्यक्ष जोशीले भने । उनले बसन्ता कोरिडोर अन्तरगत कैलारी गाउँपालिका देखि गौरीगङ्गा नगरपालिका र चुरे क्षेत्र सम्मका राष्ट्रिय तथा सामुदायिक वनहरूमा प्रवेश गर्दा सजगता र सावधानी अपनाउन आग्रह गरेका छन् ।
घोडाघोडी नगरपालिका १० आमखोईया र गौरीगङ्गा नगरपालिका ९ को बिच भागमा सानो क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन वन्यजन्तुको लागि उपयुक्त भू–बनोट रहेकाले आहाराको उपलब्धताले पनि डमरु सहितको बाघ आएको र केहि महिनासम्म यस क्षेत्रमा बसेर सुरक्षित स्थानमा फर्किएको समन्वय समितिका अध्यक्ष ओमप्रकाश सापकोटाले जानकारी दिए ।