धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले धनगढी नगर विकास समिति अध्यक्षको पदभार ग्रहण गरेका छन् ।
मंगलबार हमालले नगर विकास समितिको अध्यक्षको पदभार ग्रहण गरेको नगरप्रमुखको सचिवालयले जनाएको छ । नगर विकास ऐनअनुसार नगरप्रमुख नगर विकास समितिको अध्यक्ष हुने प्रावधान रहेको छ भने समितिको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।