३ असार २०८१, आईतवार June 16, 2024

कैलारीका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षद्वारा पदभार ग्रहण

६ जेष्ठ २०७९, शुक्रबार
कैलारीका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षद्वारा पदभार ग्रहण

धनगढी, ६ जेठ । कैलालीको कैलारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षले शुक्रबार पदभार ग्रहण गरेका छन् । अध्यक्ष राजसमझ चौधरी र उपाध्यक्ष भगवती चौधरीले पदभार ग्रहण गरेका हुन् ।
वडा अध्यक्षहरुले भने आफ्नो वडामा समय मिलाएर पदभार ग्रहण गर्ने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए । पदभार ग्रहण गर्नुभन्दा अगाडि गाउँपालिकाका अध्यक्ष चौधरीले उपाध्यक्षसहित वडा अध्यक्ष, सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । यसैगरी, निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले विजयी भएको प्रमाणपत्र वितरण गरेका थिए ।
कैलारी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) लाई ‘क्लीन स्वीप’ गर्दै नेपाली काङ्ग्रेस विजयी भएको छ । १ देखि ९ सम्मको वडा अध्यक्षहरुमा क्रमशः ध्वज हरिपाल बोहरा, विकास चौधरी, सन्तराम चौधरी, ठगुराम चौधरी, विष्णुप्रसाद चौधरी, प्रेम चौधरी, दीपेन्द्र बम, तारामल कठरिया र खेमराज चौधरी निर्वाचित भएका छन् ।