७ फाल्गुन २०८१, बुधबार February 19, 2025

कैलारीमा काँग्रेसको अग्रता कायमै, प्रेम चौधरीलाई पुनः वडा हाँक्ने जिम्मेवारी

३ जेष्ठ २०७९, मंगलवार
कैलारीमा काँग्रेसको अग्रता कायमै, प्रेम चौधरीलाई पुनः वडा हाँक्ने जिम्मेवारी

धनगढी । कैलालीको कैलारी गाउँपालिमा नेपाली काँग्रेसको अग्रता सँगै वडा नम्बर ६ मा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार प्रेम चौधरीले आफ्नो प्यानल सहित विजयी भएका छन् । यो सँगै उनले पुनः वडा हाक्ने जिम्मेवारी पाएका हुन् ।
उनले १०५३ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्दी अनिल चौधरीले ७१० मत ल्याएका थिए । यसअघि नेपाली काँग्रेसले वडा नम्बर १ धोजहरिपाल बोहरा, २ मा विकास चौधरी, ३ मा सन्तराम चौधरी र वडा नम्बर ४ मा ठागुराम चौधरी र ५ मा विष्णुप्रसाद चौधरीले आफ्नो प्यानल सहित विजयी भएका छन् ।
यता वडा नम्बर १ देखि ६ सम्म भएका मतगणनामा काँग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार राजसमझ चौधरीले ६३०३ मत प्राप्त गरि पहिलो, राप्रका उम्मेदवार होमबहादुर गुरुङले ४०८४ मत ल्याएर दोस्रो र नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले ३८१७ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।
उपाध्यक्ष तर्फ काँग्रेसकी भगवती चौधरी ६३०० मत, माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारु ३९१३ मत र राप्रापाकी पिंगला थारु ३४७५ प्राप्त गरेकी छन् ।