२१ मंसिर २०७९, बुधबार December 7, 2022

स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता

३ जेष्ठ २०७९, मंगलवार
स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता

कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो अग्रता लिएका छन् । उनी निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका नृप वड भन्दा झण्डै दोब्बर मतले अगाडी छन् ।
१४ हजार ७३६ मत गणना हुँदा हमालले ६ हजार ५९६ मत पाएका छन् भने सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वडले ३ हजार ३५४ मत पाएका छन् ।
उपमहानगर प्रमुखमै नेकपा एमालेका रणबहादुर चन्दले एक हजार ६७४ मत पाएका छन् । हालसम्म प्रमुख पदका गणना भएको मध्ये २ हजार ९३२ मत बदर भएको छ ।
त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीले २ हजार ९४० मत पाएर अग्रता लिएकी छन् भने एमालेकी कन्द्रकला रानाले २ हजार ८४५ मत पाएकी छन् । उपप्रमुखमै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले एक हजार ६४७ मत पाएका छन् ।
उपप्रमुखमा भने हालसम्म गणना गरिएकोमध्ये ६ हजार ९ मत बदर भएको छ ।