धनगढी । कैलालीको कैलारी गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।
काँग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार राजसमझ चौधरीले १८३१ मत प्राप्त गरि पहिलो, राप्रका उम्मेदवार होमबहादुर गुरुङले १६५१ मत ल्याएर दोस्रो र नेकपा (माओवादी केन्द्र) का लाजुराम चौधरीले १३१६ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् । यसैगरी, नेकपा एमालेका झुमा चौधरीले ३४३ मत प्राप्त गरि चौथो स्थानमा रहेका छन् ।
उपाध्यक्षमा काँग्रेसका १९०४, राप्रापाका १३५९, माओवादी केन्द्रका १३८८ र एमालेका ३६१ मत प्राप्त गरेका छन् ।
काँग्रेसले वडा नम्बर १ र २ मा पुरै प्यानल सहित विजयी हासिल गरिसकेको छ ।