२० मंसिर २०८१, बिहीबार December 5, 2024

कैलारीमा राप्रापाको घोषणा पत्र, कृषकका लागि समयमै मलखाद र बिउविजन

२३ बैशाख २०७९, शुक्रबार
कैलारीमा राप्रापाको घोषणा पत्र, कृषकका लागि समयमै मलखाद र बिउविजन

कैलाली । कैलारी गाउँपालिकामा राप्रापाले ५ बर्षे कार्यकालको कार्यनीति सहित आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
पार्टीले गाउँपालिकामा भौतिक पूर्वाधारको विकाससँगै विभिन्न नदीबाट कटान डुबान हुने समस्यालाई मध्यनजर गर्दै नदी नियन्त्रणलाई प्राथमिकता दिएको छ । यसका साथै विद्यार्थीहरुका लागि कक्षा १२ सम्म निःशुल्क भर्ना र ड्रेस उपलब्ध गराउने, हरेक सामुदायिक विद्यालयमा अँग्रेजी माध्यममा निःशुल्क शिक्षाको व्यवस्था गर्ने उल्लेख गरेको छ ।
त्यस्तै पार्टीले कृषकहरुका लागि मलखाद, बिउ विजनको समयमै उपलब्धता, किसानले उत्पादन गरेका उपजलाई सरकारले तोकेको समर्थन मुल्य दिलाउने, कृषि यान्त्रीकरणमा अनुदानको व्यस्था लगायत मालपोत, घर कर, सिफारिस दस्तुर घटाउने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।
गाउँपालिकाका लागि अध्यक्षका उम्मेदवार होमबहादुर गुरुङ र उपाध्यक्षका उम्मेदवार पिङ्गला थारु रहेका छन् ।

प्रतिवद्धता पत्रको पूर्णपाठ

आदरणिय दाजु भाई तथा दिदि बहिनीहरु रा.प्र.पा. को हलो चिन्हमा मतदान गरी विजय गराई दिनुहुन हार्दिक अपिल गर्दै तपसिल बमोजिम का मेरो कार्यनीतिहरु ५ वर्षे कार्यकालमा कार्यन्वयन गर्नेछु भन्ने पुर्ण प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।
तपसिल
१.१२ कक्षा सम्म ड्रेस, भर्ना फिस समेत निशुल्क गुणस्तरिय शिक्षा दिने व्यवस्था गरिने छ ।
२.हरेक सामुदायिक विद्यालयमा दिपेन्द्र मा.वि. मा जस्तै अँग्रेजी माध्यम मा निःशुल्क शिक्षा दिने व्यवस्था गरिने छ ।
३.निजी स्रोतका बालविकासका शिक्षकहरुलाई सेवा सुविधामा बृद्धि गरी अझ बढी गुणस्तरिय शिक्षा दिलाउने छौँ ।
४.दरवन्दी वाला शिक्षक ज्युहरुलाई विद्यालय र शिक्षाको गुणस्तर बृद्धि गर्न गराउने प्रेरित गरिने छ ।
५.कैलारी गाउँपालिका भित्रका जनताको प्राथामिक स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गरिने छ ।
६.महिला स्वास्थ्य स्वंयसेविका ज्युहरुले प्रत्येक घर दैलोमा अझ बढी प्रभावकारी ढंगवाट स्वास्थ्य सेवा पु¥याई वापत थप प्रोत्सहन भत्ताको व्यवस्था गरिने छ ।
७.महिला दिदि बहिनी (कृषक) हरुले उत्पादन गरेको तरकारी खेतीलाई व्यवसायीक रुपमा लैजान र स्थानिय बजारमा खपत नभएको तरकारीलाई धनगढी बजार सम्म पु¥याउने व्यवस्था पालिका सरकारले गर्ने छ ।
८.गाउँपालिका ९ वटै वडा का महिला दिदि बहिनीहरलाई सुत्केरी भत्ता मासिक रु. ३०००। का दर ३ महिना सम्म दिने छ ।
९.प्रत्येक भलमन्सा ज्युहरुलाई गाउँ समाज परिचालन, विकास निर्माण गर्न पु¥याएको योगदानको कदर स्वरुप प्रोत्सहन भत्ताको व्यवस्था र कानुनी रुपमा बैधानिकता दिलाउने पहल गरिने छ ।

१०.कृषि प्राधान देश भन्ने तर । राष्ट्रले अपेक्षा गरेको किसानलाई सरकारले मल, बिउ, डिजल उपलब्ध गराउन नसकेको अवस्थामा कृषकहरुले भारत बाट ल्याएको मल, बिउ विजनलाई निर्वाध रुपमा ल्याउने व्यवस्था मिलाउन राज्यसंग पहल गरिने छ ।
. कृषकले उत्पादन गरेको उपजलाई सरकारले तोकेको समर्थन मुल्य दिलाउने ब्यबस्था गरिनेछ ।
१२. सरकारले जनतालाईपलब्ध गराएको पावर टिलर, ईन्जन, वोरिङ्ग, मोटर तथा विभिन्न किसिमको अनुदानलाई आफनो कार्यकर्ताहरुको भरण पोषणको माध्यम नबनाई गरिबीको आधारमा समान रुपमा वितरण गरिनेछ ।
१३. गा.पा.बाट हुने भौतिक विकासलाई राजनितिकरण नगरी आवश्यक र अतिआवश्यकताको आधारमा समान दृष्टिले नौ वटै वडामा वाँडफाड गरिने छ । तर ९ नं. वडा का जनताको पिडालाई मध्यनजर गरि घुरही नदीको पुल निर्माणको लागि गा.पा.को पहिलो बजेट बाँडफाडमा नै समावेस गरिने छ ।
१४.हालसम्म जनतालाई लगाएको मालपोत, घर कर, सिफारिस दस्तुर घटाउने व्यवस्था गरिनेछ ।
१५.२–३ वर्ष भित्र कृषकको उत्पादन लाई भण्डारण गर्न एउटा चिस्यान केन्द्र खोली कृषकहरुलाई आलु,तरकारी,प्याज,उत्पादन गर्ने प्रेरित गरी कृषकको आय आर्जन बृद्धि गराईनेछ ।
१६.कैलारी गा.पा.भित्र रहेका कृषि सहकारीहरुलाई जनताको जिवन स्तर उकास्न कृषिमा आधारीत उद्योग संचालन गराउने ब्यबस्था गरिने छ ।
१७. रा.प्रा.पा.ले जितेको गा.पा.भरी राज्यले तोकेको भन्दा बढी विगतमा जस्तै पालिका बैठक बाट निर्णय गरी जनताले तिरेको करवाट कुनै पनि किसिमको सेवा सुविधालिने छैनौ ।
१८. पुर्वाधारको विकास सँगै नदी नियन्त्रणलाई पनि प्राथमिकतामा राखिनेछ ।
१९. प्रत्येक राष्ट्रसेवक कर्मचारी शिक्षक ज्यूहरुलाई ईमान्दारीता पूर्व जनताको सेवामा समर्पित हुन प्रेरित गरिनेछ ।
२०. गुर्गी वाधको २२ गाउँको हालसम्म सिंचाईबाट बञ्चित कृषकहरुको पिडालाई मध्य मजर गर्देै सरकार संग जोरदार माग गरी सिचाई सुविधा पुरयाईने ब्यबस्था गरिनेछ ।
२१. कैलारी गा.पा.का क्लकका यूवा खेलाडीहरुलाई गा.पा.भित्र मात्र सिमित नगराई प्रतिशप्रधी क्षमताको बृद्धि गराई जिल्ला र राष्ट्रिय स्तरको प्रतियोगिता मा सहभागी हुन सक्ने क्षमताको बृद्धि गराईनेछ ।
२२. यूवा तथा विद्यार्थीहरुको बृद्धि विकासको लागी प्रत्येक वडाहरुमा फ्री वाई.फाई.सेवा दिने ब्यबस्थाको सुरुवात गरिनेछ ।
२३. कैलारी गा.पा. भित्र संम्बन्धन प्राप्तगरी संचालन हुन लागेको बहुमुखी क्याम्पसलाई शिक्षा मंन्त्रालयले हालसम्म रोक्का राखी संचालन हुन नसेको, क्याम्पसलाई यथासिघ्र संचालन गरिने छ ।
२४. विपत व्यवस्थापनको लागि दमकल को व्यवस्था गरिने छ ।