धनगढी, ३ बैशाख । थारु म्युजिक भिडियो ‘तुहिन मन परैनु’ सार्वजनिक भएको छ । म्युजिक भिडियोको धनगढीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
सिएस फिल्मको पोस्ट प्रोडक्सनमा बनेको म्युजिक भिडियोमा जगत गुरु र अनुजा थारुको मुख्य अभिनय रहेको छ । सुवेश कठरियाको शब्द संगीत रहेको गीतमा म्युजिक र कम्पोजिशन सतिश सिन्हाले गरेका छन् ।

रमेश विजुली बिसीको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो छायांकन र एडिट सतिश सिन्हाले गरेका छन् । म्युजिक भिडियो कैलालीको पर्यटकीय क्षेत्र चिसापानी र बर्दियामा छायांकन गरिएको छ ।
म्युजिक भिडियोको सहयोगी पार्टनरको रुपमा एमएक डिजे महेन्द्रनगर, होटेल क्रेसन धनगढी, जिभी मोवाइल पोइन्ट धनगढी, सप्तरीरंगी मञ्च बर्दिया रहेको छ ।