४ बैशाख २०८३, शुक्रबार April 17, 2026

जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

२९ चैत्र २०८२, आईतवार
जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

धनगढी, २९ चैत । कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ ।
कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र विपरीत दिशा तर्फ आउँदै गरेको बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने २२ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी ल्याएकोका उनको उपचारको क्रममा शनिवार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिप र जिप चालक भजनी नगरपालिका–५ बस्ने २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।