धनगढी, २२ चैत । कैलाली जिल्लामा उत्कृष्ट कार्यसम्पादन गरे बाफत जिल्ला समन्वय समिति कैलालीले जानकी गाउँपालिकालाई सम्मान गरेको छ ।
जिल्ला समन्वय समितिको नऔं जिल्ला सभाको अवसरमा गाउँपालिकालाई सम्मान गरेको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं कार्यक्रमका प्रमुख अतिथी कमल बहादुर शाहले गाउँपालिका अध्यक्ष गणेश चौधरीलाई सम्मान गरेका हुन् ।

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा कैलाली जिल्लाका स्थानीय तह मध्ये जानकी गाउँपालिका सर्वोत्कृष्ट भएको छ । त्यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न १७ वटा सूचकमा आधारित रही गरिएको कार्यसम्पादन मूल्याङ्कनमा कैलाली जिल्लाका स्थानीय तहहरु मध्ये दोस्रो स्थान हासिल गरेको छ ।
कार्यक्रम जिल्ला समन्वय समिति कैलाली प्रमुख टीका कुमारी चौधरी भूलको अध्यक्षतामा भएको थियो ।