१५ बैशाख २०८३, मंगलवार April 28, 2026

‘प्रदेश सरकार शून्य सहनशिलताको नीति लिएर अगाडी बढेको छ’

२१ चैत्र २०८१, शुक्रबार
‘प्रदेश सरकार शून्य सहनशिलताको नीति लिएर अगाडी बढेको छ’

घोडाघोडी, २२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताका विषयमा कसैसँग कुनै कम्प्रोमाइज नहुने बताएका छन् ।
शुक्रबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौं जिल्ला सभा समारोह उद्घाटन गर्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् । “केही दिनअघि बिवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिए,” मुख्यमन्त्री शाहले भने, “भष्टाचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशिलताको नीति लिएर अगाडी बढेको कुरा प्रष्ट छ ।”
“बिवादित अडियो सन्र्दभमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानविनलाई अगाडी बढाउनु पर्दछ, यसमा मेरो व्यत्तिगत र प्रदेश सरकारको सहयोग रहन्छ,” मुख्यमन्त्री शाहले भने, “दोषी दण्डित हुनुपर्दछ, दोषीले उन्मूक्ति पाउनु हुँदैन ।” अख्तियारले छानविन प्रकृया अगाडि बढाईसकेकोले यसमा प्रदेश सरकारको सहयोग र समन्वय रहने मुख्यमन्त्री शाहले प्रतिवद्धता व्यक्त गरे ।
संसद सुचारु गर्न पटक–पटकको सर्वदलिय बैठक बसेको बताउँदै मुख्यमन्त्री शाहले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताए । उनले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद सूचारु हुनेमा विश्वास व्यक्त गरे ।
एक अर्को प्रसंग मुख्यमन्त्री शाहले हामी संघीय संरचनामा गईसकेकोले संघीयताको बिकल्प नरहेको बताए । उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अंगिकार गरेका बताउँदै सोही अनुसारको संविधानलाई संविधानतह निर्माण गरिएका नीति नियमलाई कार्यान्वयनको दिशामा लैजानु पर्ने बताए ।