२० मंसिर २०८१, बिहीबार December 5, 2024

‘अब धनगढी दौडिन्छ’ को तयारी पुरा

२८ चैत्र २०८०, बुधबार
‘अब धनगढी दौडिन्छ’ को तयारी पुरा

धनगढी, २८ चैत । नयाँ बर्षको अवसरमा धनगढी जेसिजले आयोजना गर्दै आएको ‘अब धनगढी दौडन्छ’ धनगढी हाफ म्याराथनको तयारी पूरा भएको छ ।
धनगढीको समग्र विकासका लागि ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने दशौं संस्करणको धनगढी हाफ म्याराथन प्रतियोगिताको तयारी पूरा भएको बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।

आगामी २०८१ बैशाख १ गते हुने हाफ म्याराथनको सम्पुर्ण तयारी पुरा भएको प्रतियोगिताका संयोजक आशिष शाहले बताए । २०७१ सालदेखि नयाँ बर्षको अवसरमा आयोजना हुँदै आएको धनगढी हाफ म्याराथनको दशौं संस्करणले नेपाल एथलेटिक्सबाट स्वीकृत समेत प्राप्त गरेको छ । यो म्याराथनमा कुनै रेकर्ड बनेमा यसका रेकर्डहरूले पनि मान्यता पाउने संयोजक शाहले जानकारी दिए ।


धनगढी हाफ म्याराथनको विजेताले नगद ६६,६६६ उपविजेताले नगद ४४,४४४ र तेस्रो हुनेले नगद ३३,३३३ प्राप्त गर्नेछन् । विजेता पुरस्कार धनगढीको निसर्ग हस्पिटल, उपविजेता पुरस्कार कैलाली उद्योग वाणिज्य संघ र तेस्रो पुरस्कार माया मेट्रो हस्पिटलले प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर शहिद गेट हुदैं गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड भएर पुनः धनगढी रंगशालामा पुगेर समापन हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता अन्तर्गत महिला तर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिनेछ । दुई वटै विधाका विजेताले नगद ६.६६६ उपविजेताले नगद ४,४४४ र तेस्रो हुनेले नगद ३.३३३ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रबर्द्धकमा जेसिज एभरेष्ट स्कुल रहेको छ भने प्रायोजकमा चैतन्य पाठशाला रहेको छ । यसैगरी प्रतियोगिताको प्रबर्द्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद सुदुरपश्चिम प्रदेश युवा परिषद, धनगढी उपमहानगरपालिका र नवजीवन को अपरेटिभ्स लिमिटेड रहेका छन् ।
प्रतियोगितामा सहभागिताका लागि विभिन्न स्थानहरुबाट फाराम वितरण भईरहेको आयोजकले जनाएको छ ।