धनगढी, २२ चैत । कैलारी गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को गाउँसभा अधिवेशन (हिउँदे/विद्येयक अधिवेशनबाट आज (विहीबार) आठ वटा विद्येयक पास गरेको छ ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको विद्येयक अधिवेशनबाट आठ वठा विद्येयक पास गरेको हो । गाउँसभाको हिउँदे अधिवेशनको अन्तिम बैठकबाट कैलारी गाउँपालिकाको वन जंगल तथा वातावरण संरक्षण ऐन २०८०, भलमन्सा प्रणाली संरक्षण तथा विकास ऐन २०७८ (पहिलो संसोधन २०८०), तालतलैया संरक्षण तथा प्रवद्र्धन कार्यबिधि २०८०, बालश्रम नियमन उद्धार तथा व्यवस्थापन कार्यबिधि २०८० पास गरेको छ ।
त्यसैगरी सभाबाट एकीकृत बाल विकास कार्यक्रम सञ्चालन कार्यबिधि २०८०, विपद जोखीम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०८०, एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०८०, सिकल सेल रोग/थाईलेसिया/एप्लाष्टिक एनिमिया न्यूनीकरण कार्यबिधि,२०७६ (पहिलो संशाोधन २०८०) पास गरिएको छ ।
सभामा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी अधिवेशनमा समसमायिक विषयबस्तुमा सम्बोधन गरेकी थिइन् । उनले विद्येयकलाई कार्यान्वयन गर्न सके उपलब्धी देखिने बताएकी थिइन् ।
हिउँदे अधिवेशनमा सभा सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्ट, विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।