चौमाला । गौरीगंगा नगरपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको ५७ पदका लागि २५६ जनाले प्रतिस्पर्धा गर्ने भएको सहायक निर्वाचन अधिकृत कपिल जंग रावलले जानकारी दिएका छन् ।
गौरीगंगामा नगरप्रमुख, उपप्रमुख र ११ वटा वडा अध्यक्ष सहित महिला वडा सदस्य, दलित महिला सदस्य र वडा सदस्य गरि ५७ जनाको निर्वाचन हुने छ । गौरीगंगा नगरपालिकामा नगरप्रमुखको दौडमा १ जना स्वतन्त्र सहित ५ जनाले प्रतिस्पर्धा गर्ने छन् । उपप्रमुखमा ४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् भने ११ वटा वडामा अध्यक्षको लागि ५५ जना, महिला वडा सदस्यमा ४८ जना, दलित महिला सदस्यमा ४६ जना र २२ जना वडा सदस्यका लागि ९८ जनाले प्रतिस्पर्धा गर्ने निर्वाचन अधिकृतको कार्यालय गौरीगंगाले उम्मेदवारको अन्तिम नामावलीमा कायम भएको उम्मेदवारी विवरण सार्वजनिक गरेको हो ।