१० बैशाख २०८१, सोमबार April 22, 2024

तोकीएकै समयमा निर्वाचन हुन्छ : प्रचण्ड

८ बैशाख २०७९, बिहीबार
तोकीएकै समयमा निर्वाचन हुन्छ :  प्रचण्ड

धनगढी । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाख ३० गते नै निर्वाचन हुने बताएका हुन् ।

‘कतिपय व्यक्तिहरूले गठबन्धनले निर्वाचन सार्छन् कि भन्ने हल्ला चलाएका थिए’, उनले भने, ‘हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ । अब त केही कन्फूज छैन होला ? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ ।’

यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने र लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको समेत बताए ।