२५ श्रावण २०८३, सोमबार August 10, 2026

कैलारीमा व्यक्तिगत घट्ना दर्ता सप्ताह मनाइयो

६ बैशाख २०७९, मंगलवार
कैलारीमा व्यक्तिगत घट्ना दर्ता सप्ताह मनाइयो

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा विविध कार्यक्रम गरेर व्यक्तिगत घट्ना दर्ता सप्ताह मनाइएको छ ।
सो गाउँपालिकाको विभिन्न वडाहरुमा व्यक्तिगत घट्ना दर्ता सप्ताह मनाइएको हो । विद्यालयमा पुगेर विद्यार्थीलाई व्यक्तिगत घटनाका बारेमा जानकारी गराउनुका साथै उनीहरुसंग छलफल, विभिन्न ठाउँमा माइकिङ, जानकारीमूलक पम्पलेट वितरण गर्ने कार्य गरिएको गाउँपालिकाको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण शाखामा कार्यरत अनुषा चौधरीले जानकारी दिइन् । वडा कार्यालय लगायत मान्छे जम्मा भएको ठाउँमा गएर पनि व्यक्तिगत घटना दर्ताका बारेमा जानकारी गराउने कार्य भएको उनले बताइन् ।
जन्म, मृत्यु, विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना आ–आफ्नो वडा कार्यालयहरुमा अनिवार्य रुपमा दर्ता गराउनु पर्दछ ।