१० चैत्र २०८१, सोमबार March 24, 2025

जसपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र) मा फर्किए

२९ चैत्र २०७८, मंगलवार
जसपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र) मा फर्किए

धनगढी। जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् । जसपा पार्टी परित्याग गरि उनी माओवादीमा फर्किएमा हुन । २०६४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट उनी माओवादी पार्टीबाटै संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
पछि उनी माओवादी पार्टी परित्याग गरेर डा. बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपामा पुगेका थिए ।


यसैगरी, मुक्त कमैया अगुवासमेत रहेका कैलालीका जसपा नेता पशुपति चौधरी पनि माओवादीमा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै जनालाई आज काठमाण्डौंमा पार्टी प्रवेश गराउनुका साथै स्वागत गरेका छन् ।