२५ भाद्र २०८३, बिहीबार September 10, 2026

कैलारी गाउँपालिकामा आज शोक विदा

९ चैत्र २०८१, आईतवार
कैलारी गाउँपालिकामा आज शोक विदा

धनगढी, १० चैत । कैलालीको कैलारी गाउँपालिकाले आज शोक विदा दिएको छ।
पालिकामा कार्यरत कार्यालय सहयोगी चञ्चला चौधरीको यही चैत ८ गते निधन भएकाले शोक विदा दिएको हो। पालिका भरि आज एक दिनको लागि गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अति आवश्यक सेवा बाहेक शोक विदा दिएको गाउँपालिकाले सूचना मार्फत जानकारी दिएको छ।