६ बैशाख २०८२, शनिबार April 19, 2025

कैलारीमा नसर्ने रोगको स्वास्थ्य चेकजाँच शिविर

२८ फाल्गुन २०८१, बुधबार
कैलारीमा नसर्ने रोगको स्वास्थ्य चेकजाँच शिविर

हसुलिया, २८ फागुन । कैलारी गाउँपालिकामा नसर्ने रोगको स्वास्थ्य चेकजाँच सुरु भएको छ ।
पालिकाको सबै वडामा रहेको स्वास्थ्य संस्थाबाट नसर्ने रोग पहिचानका लागि स्वास्थ्य चेकजाँच शिविर सुरु भएको हो ।
कैलारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडामा रहेको स्वास्थ्य संस्थाबाट नसर्ने रोग पहिचान तथा सचेतना अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख नरेश कुमार चौधरी जानकारी दिए ।
उनले गाउँपालिका मातहतका ९ वटा स्वास्थ्य संस्था मार्फत ३० वर्षमाथिका सबै नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्ने बताए ।
दुई सातासम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मधुमेह परिक्षण, रगतमा प्रोटिनको जाँच, रक्त चाप परिक्षण, क्यान्सर, मृगौला रोग, मुटु रोग सम्बन्धी परामर्श सेवा र उचाई अनुसार शारिरिक तौलको जाँच भइरहेको छ ।