हसुलिया, ६ चैत । बरुण यन्त्र (दमकल) खरिदका लागि कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिका बिच सहमति भएको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी र गौरीगंगा नगरपालिकाका नगर प्रमख देवीदत्त कँडेल बिच संयूक्त रुपमा दमकल खरिद गर्ने सहमति भएको हो । मंगलबार कैलारी गाउँपालिकामा दुबै पक्षबिच सहमति भएको गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले जानकारी दिए । दमकल खरिदका लागि दुबैु पालिकाले ३०÷३० लाख रुपिया व्यहोर्ने उनले बताए । दमकल ४ हजार लिटर क्षमता रहने जनाएको छ ।
कार्यक्रममा कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्ट, गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी, कैलारी गाउँपालिकाका प्रवक्ता तथा तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्रबहादुर बम, वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद चौधरी, प्राविधिक भरत चन्दलगायतको सहभागिता रहेको थियो । दमकल कैलारी र गौरीगंगा नगरपालिकाको सिमानामा राख्ने सहमति भएको छ ।
२०७९ साल बैशाख ११ गते कैलारी गाउँपालिका वडा नम्बर ७ विपतपुर मुक्तकमैया बस्तीमा भिषण आगलागी भएर २७ घर पूर्णरुपमा जलेको थियो । स्थानीय पालिकामा दमकल नभएका कारण समयमा आगलागी नियन्त्रण गर्न नसकि धेरै क्षति व्यहोर्नु परेको थियो ।