धनगढी, १ चैत । दलित गैर सरकारी संस्था महासंघ(डिएनएफ) सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा ५९ औँ अन्तर्राष्ट्रिय जातीबाद तथा रङ्गभेद बिरुद्धको दिवस( 21मार्च 2024 ) को पूर्ब सन्ध्यामा जिल्ला स्थित विभिन्न सरकारी एंव गैरसरकारी निकायसंग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उक्त दिवस भब्य रुपमा मनाउन र दलित अधिकार सुनिश्चितता गर्न दबाब दिने उद्घेश्यले दलित गैरसरकारी संस्था महासंघको संयोजकत्वमा ५ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।
उक्त दिवसको सन्दर्भमा चैत्र ८ गते धनगढीमा दलित अधिकारका लागि प्रभातफेरी अभियान,दलित अधिकार संबोधनका लागि ध्यानाकर्षण,सरोकारवालासंग अन्तरकृया,दबाबमूलक प्रदर्शन,हस्ताक्षर अभियान लगायतका बिभिन्न कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गरिएको छ ।
कार्यक्रममा मानवअधिकार संरक्षण मंचका प्रदेश अध्यक्ष डिल्ली राज जोशी,राष्ट्रिय मानबअधिकार आयोगका गणेशराज जोशी,ईन्सेकका खडक बिक,धनगढी उपमहानगरपालिकाका महिला बिकास अधिकृत अनिता बुढाऐर,राष्ट्रिय दलित नेटवर्ककि महासचिव पार्बती आग्री,नेपाल दलित संघका अध्यक्ष प्रेम बिक,धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य चक्र नेपाली,फाया नेपालका सचिनान्द जोशी,लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रम डिएन एफका प्रदेश अध्यक्ष प्रेम बिसीको अध्यक्षतामा सम्पन्न भएको थियोे भने संचालन प्रदेश उप सचिब राजेन्द्र रैकाले संचालन गरेका थिए ।