धनगढी, २९ फागुन । सुदुरपश्चिम प्रदेश सरकारका नवनियुक्त बिना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरीलाई एक कार्यक्रममा बिच शुभकामना तथा बधाई दिएको छ ।
राष्ट्रिय थारु कलाकार मञ्च सुदुरपश्चिम प्रदेश कमिटीको आयोजना तथा सुपक थारु सलिमा पहुराको समन्वयमा मंगलबार धनगढीमा शुभकामना तथा बधाई दिएको हो ।
कार्यक्रममा मन्त्री चौधरीले कलाकार एवं खेलाडीहरु राष्ट्रका गहना मात्र नभएर राष्ट्रको अङ्गको रुपमा रहेको बताए । मन्त्री चौधरीले आफु सरकारमै रहेर कार्य सम्पादन गर्न पाए अगामी नीति तथा कार्यक्रम बनाएर कलाकारलाई सम्मान हुने किसिमको योजना ल्याउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष संगत थारु, सुपा कला प्रतिष्ठानका अध्यक्ष अम्बिका आचार्य, सुपक थारु सलिमा पहुराका गोविन्द मुखिया लगायतकाले शुभकामना तथा बधाई दिएका थिए ।