धनगढी, २५ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री शाहले शुक्रबार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला, खुशीराम चौधरी बिना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
नवनियुक्त तीनै जना मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ ग्रहण गराएका छन् ।