७ फाल्गुन २०८१, बुधबार February 19, 2025

सुदूरपश्चिममा तीन मन्त्री जिम्मेवारीबाट हटाइए

२२ फाल्गुन २०८०, मंगलवार
सुदूरपश्चिममा तीन मन्त्री जिम्मेवारीबाट हटाइए

धनगढी, २२ फागुन । सुदूरपश्चिम प्रदेश सरकारका तीन जना मन्त्री जिम्मेवारी हटाइएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी तीन जना मन्त्रीलाई हटाइका हुन् । मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई जिम्मेवारीबाट हटाइएको जानकारी दिए ।
सङ्घमा माओवादीले नेकपा (एमाले) सहितका दलहरूसँग नयाँ गठबन्धन गरेकाले माओवादीबाट सरकारमा रहेका मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएकको मुख्यमन्त्री पत्रकार सम्मेलन गरेर जानकारी दिए । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम उनले मन्त्रिपरिषदको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरेको बताए । मुख्यमन्त्री शाहले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी आफैले लिएका छन् ।
सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) सहितको संयुक्त सरकार बनेको थियो । प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एक सिटमा उपनिर्वाचन हुन बाकी छ ।