काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।नवनियुक्त मन्त्रीहरूले शीतलनिवासमा शुक्रवार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कांग्रेसबाट उपप्रधान र रक्षामा पूर्णबहादुर खड्का, अर्थमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र शहरी विकासमा सीता गुरुङले मन्त्रीको शपथ लिएका छन् ।
माओवादीबाट शक्ति बस्नेतलाई ऊर्जा मन्त्रीको रूपमा शपथ खुवाइएको छ ।त्यस्तै, नेकपा एसबाट बेदुराम भुसालले कृषि तथा पशुपन्छी र प्रकाश ज्वालाले भौतिक पूर्वाधार मन्त्रीको रूपमा शपथ लिएका छन् ।
जसपाबाट अशोक राई शिक्षा मन्त्री बनेका छन् भने लोसपाबाट शरतसिंह भण्डारीले श्रम मन्त्रीको रूपमा शपथ लिएका छन् ।
नेपाल समाजवादीबाट पार्टीबाट महेन्द्र राय यादव महिला बालबालिका र नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री बनेका छन् ।पुरानामध्ये नारायणकाजी श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ । उनी गृहमन्त्री बनेका छन् ।
अझै प्रधानमन्त्रीसँग ५ वटा मन्त्रालय बाँकी छन् । ५ मन्त्रालयमध्ये ४ वटा कांग्रेसको भागमा परेका मन्त्रालय हुन् ।