१९ फाल्गुन २०८०, शनिबार March 2, 2024

एकीकृत समाजवादीद्वारा गोदावरीमा वडामा कमिटी गठन

११ चैत्र २०७९, शनिबार
एकीकृत समाजवादीद्वारा गोदावरीमा वडामा कमिटी गठन

धनगढी । नेकपा एकीकृत समाजवादीले कैलालीको गोदावरी नगरपालिकाको ३ वडामा कमिटी गठन गरेको छ । कमिटी सुदृढिकरण अभियान अन्तरगत शनिबार पार्टीकी केन्द्रिय सदस्य तथा कैलाली जिल्ला सह–इन्चार्ज चुनकुमारी चौधरीको प्रमुख आतिथ्यमा वडा कमिटी गठन गरिएको हो ।
जसअन्तरगत गोदावरी नगरपालिका–६ मा एकिकृत समाजवादी वडा भेलाबाट अध्यक्षमा मान बहादुर राना, उपाध्यक्षमा शान्ती बोगटी, पन्चु राम चौधरी, सचिवमा सिता देवी चौधरी, उपसचिवमा कृष्ण बहादुर चौधरी लगायत ३५ सदस्यीय कमिटी गठन गरिएको छ ।
गोदावरी नगरपालिका–७ को अध्यक्षमा बलबहादुर चौधरी, उपाध्यक्षमा अरुनिमा चौधरी, तुलाराम चौधरी, साचिवमा रुपा चौधरी, सहसचिवमा हरी चौधरी गरी ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । समितिको सल्लाहकारमा विश्वराम चौधरी चयन भएका छन् ।
त्यस्तै गोदावरी नगरपालिका–८ मा कल्पना चौधरी, उपाध्यक्षमा सिता चौधरी, जयराम चौधरी, सचिवमा गणेश चौधरी, उपसचिवमा जानकी चौधरी लगायत १५ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।
पार्टीकी केन्द्रिय सदस्य चौधरीको प्रमुख आतिथ्यमा भएका वडा भेलामा उक्त पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य युवराज रिमाल, गोदावरी नगरकमिटी अध्यक्ष विरबहादुर पाल लगायतको सहभागिता रहेको थियो । प्रमुख अतिथि चौधरीले पार्टी सुद्धिकरण र विस्तार अभियान तिब्र गतिमा चलिरहेको बताईन् ।