३२ असार २०८१, सोमबार July 15, 2024

चट्याङ परेर घरमा क्षति

७ चैत्र २०७९, मंगलवार
चट्याङ परेर घरमा क्षति

धनगढी । चट्याङ परेर धनगढीको एक घरमा क्षति भएको छ । धनगढी उपमहानगरपालिका–५, तारानगर स्थित कुन्नानारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेर क्षति भएको हो ।
चट्याङले घरको दोस्रो तलाको छतको छज्जामा (लम्बाई ४ फिट, चौडाई २ दशमलब ५) फिट प्वाल परेको बताइएको छ । घरमा जडान भएको ईन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पुर्ण रुपमा क्षति भएको चौधरीले बताए ।
यस्तै गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिन, पार्किङ्ग गरी राखेको बा ०१–०२६च ५१०८ नम्बरको कार र से ६ प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको छ । चट्याङले मानविय क्षती भने भएको छैन् । ‘आज विहान ७ बजे चिया खाइरहेका थियो, एक्कासी ठुलो आवाज आयो, बरण्डामा भएको मिटर झ्याम्मै गयो, आगोको झिल्को आयो, बाहिर आएर हेर्दा त धेरै क्षति भएको रहेछ’, उनले भने ।