२८ श्रावण २०८३, बिहीबार August 13, 2026

हसुलियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने

१७ चैत्र २०७८, बिहीबार
हसुलियामा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने

धनगढी। कैलालीस्थित कैलारी गाउँपालिका–१ हसुलियामा चैत १९ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।
धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिको सहकार्यमा कैलारी गाउँपालिकाको कार्यालयले दीपेन्द्र माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो । विहान ९ देखि ४ बजेसम्म स्वास्थ्य शिविर आयोजना हुने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।
उनका अनुसार शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, औषधि वितरण गर्ने र इसीजी तथा भिडियो एक्सरे सेवा प्रदान गरिनेछ । गाउँपालिकाको कार्यालयले निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन गाउँपालिकावासीलाई आग्रह गरेको छ ।