२२ भाद्र २०८१, शनिबार September 7, 2024

कैलारीको १० औं गाउँ सभाबाट तीन विधेयक पारित

१६ चैत्र २०७८, बुधबार
कैलारीको १० औं गाउँ सभाबाट तीन विधेयक पारित

धनगढी । कैलारी गाउँपालिकाको विशेष अधिवेशनको १० औं गाउँ सभा बैठकबाट तीन वटा विधेयक पारित भएको छ ।
आज विहान बसेको गाउँ सभा बैठकले आवश्यक विधेयक पारित गरेको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए । गाउँपालिका एवम् गाउँ सभाका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बसेको गाउँ सभा बैठकले ‘कैलारी गाउँपालिका कार्य सम्पादन नियमावली २०७८ सर्वसम्मतले पारित गरेको छ । कार्य सम्पादन मूल्याङ्कनमा कैलारी गाउँपालिका मुलुकमै उत्कृष्ट पाँच पालिकामा परेको छ । सो गाउँपालिका उत्कृष्ट पालिकामा परेकाले कार्य सम्पादन नियमावली बनाइएको हो


यसैगरी, सरकारी, सामुदायिक, निजी वन व्यवस्थापनका लागि कैलारी गाउँपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि गाउँ सभाबाट पारित गरिएको छ ।
यस्तै, कैलारी गाउँपालिकाको खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गाउँ सभाबाट पारित भएको छ । तत्कालै ओभरहेड ट्याङ्की स्थापना र सञ्चालन गर्नु परेकाले यो ऐन बनाइएको गाउँपालिकाका अध्यक्ष चौधरीले बताए ।
विशेष अधिवेशनको १० औं गाउँ सभा बैठकमा विधेयक समितिका संयोजक राजेश सुनारले तीन वटै विधेयक प्रस्तुत गरेका थिए ।
गाउँ सभा बैठकमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत वीरबहादुर ऐर, सूचना अधिकारी यगम कलेल, गाउँ सभाका सदस्यहरु र कर्मचारीको उपस्थिति रहेको थियो ।