२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

गाउँपालिकालाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

३ चैत्र २०७८, बिहीबार
गाउँपालिकालाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण


धनगढी । सगोल कास्की पोखराले कैलारी गाउँपालिकालाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापन सामग्री सहयोग गरेको छ । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले सो संस्थाले गाउँपालिकालाई विभिन्न सामग्री सहयोग गरेको हो ।
आज सगोलका प्रतिनिधि रामसमझ चौधरीले गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा र प्रवक्ता कमलप्रसाद चौधरी, सूचना अधिकारी यगम कलेल र शिक्षा शाखा प्रमुख गणेशप्रसाद मिश्रलाई ती सामग्री हस्तान्तरण गरे । सो संस्थाले २५ थान लाइफ ज्याकेट, १७ थान हेल्मेट, पाँच थान नाइलन डोरी लगायतका सामग्री हस्तान्तरण गरेको गाउँपालिका कार्यरत कर्मचारी रविन्द्रकुमार चौधरीले जानकारी दिए ।