९ बैशाख २०८१, आईतवार April 21, 2024

बेसद्वारा कैलारीलाई मास्क सहयोग

२२ फाल्गुन २०७८, आईतवार
बेसद्वारा कैलारीलाई मास्क सहयोग

धनगढी । ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) कैलालीले कैलारी गाउँपालिकालाई आठ सय प्याकेट (४० हजार थान) मास्क सहयोग गरेको छ ।
कोभिड–१९ बाट प्रभावित समुदायहरुको लागि पुनरोत्थान परियोजना अन्तर्गत बेसले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । बेसका कार्यक्रम संयोजक लक्ष्मण चौधरीले आइतबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई मास्क हस्तान्तरण गरे । सो क्रममा अध्यक्ष चौधरीले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरेका छन् ।
कोभिड रोकथाममा सहयोग पुग्ने उद्देश्यका साथ गाउँपालिकालाई मास्क सहयोग गरेको बेसका कार्यक्रम संयोजक चौधरीले बताए । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीको पनि उपस्थिति रहेको थियो ।