धनगढी, २७ माघ । धनगढीमा आज ‘छुटेका सपना’ नाटक प्रर्दशन हुने भएको छ ।
शिल्पी थिएटरले धनगढीमा उक्त नाटक प्रर्दशन गर्ने भएको हो । कैलाली बहुमुखी क्याम्पसमा साँझ ४ बजे प्रर्दशन हुने नाटकले किसान, मजदुर र आम मानिसका झमेला र दुःखका कथा समेटिएको जनाएको छ ।
शिल्पी थिएटर १९ वर्षदेखि निरन्तर रङ्गमञ्चमा सक्रिय रहेको छ । यस थिएटरको नाटकघर बत्तीसपुतलीमा छ, जहाँ हामी निरन्तर नाटक मञ्चन गर्दै आएको छ ।