हसुलिया, १५ फागुन । सुदूरपश्चिम यातायात प्रालि धनगढी कैलालीले कैलालीको कैलारी गाउँपालिका हसुलिया देखि काठमाण्डौंसम्मको बस सेवा सुरु गरेको छ ।

प्रालिले आज फागुन १५ गते बिहीबार देखि कैलारीको हसुलिया, फुलवारी हुँदै राजधानी काठमाण्डौँसम्म एसी बस सेवा सुरु गर्दै आफ्नो थप सेवा विस्तार गरेको हो । कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले एक कार्यक्रमका बिच बस सेवाको उद्घाटन गरेका थिए ।
गाउँघरका यात्रुहरुलाई मध्यनजर गर्दै यातायातमा सहजताका लागि सेवा विस्तार गरेको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए । उनले हसुलिया देखि काठमाण्डौं बस सेवा प्रत्येक दिन दिनको एक बजे बस छुट्ने पनि जानकारी दिए ।

यस अघि गत माघ २२ गते कर्णाली रिभर साइड यातायात प्रालिले पनि हसुलिया–काठमाण्डौं बस सेवा सुरु गरेको थियो ।