५ बैशाख २०८३, शनिबार April 18, 2026

हिल वल्र्ड इङ्गलिस बोर्डिङ्ग स्कूलको २० औं वार्षिकोत्सव

१० फाल्गुन २०८१, शनिबार
हिल वल्र्ड इङ्गलिस बोर्डिङ्ग स्कूलको २० औं वार्षिकोत्सव

धनगढी, १० फागुन । श्री हिल वल्र्ड इङ्गलिस बोर्डिङ्ग स्कूलले आइतबार आफ्नो २० औं वार्षिकोत्सव मनाउने भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ बुद्धमन्दिर स्थित रहेको स्कुलले यही फागुन ११ गते आइतबारका दिन आफ्नो २०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको हो । वार्षिकोत्सवको पूर्वसन्ध्यामा स्कूलले शनिबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर बमले स्कूलले आफ्नो वार्षिकोत्सव भव्य कार्यक्रमका बिच मनाउन गइरहेको बताए । उनले ३५ जना विद्यार्थीबाट सुरु भएको स्कूलमा अहिले पाँचसय बढी विद्यार्थी अध्ययनरत रहेको बताए । अध्यक्ष बमले स्कूलले समयसापेक्ष, व्यवहारिक र गुणस्तरीय शिक्षा दिईरहकोले अभिभावकको रोजाइमा पर्न सफल भएको बताए ।
स्कूलका प्रिन्सिपल डि.आर शर्माले अभिभावकको माया र विश्वासले कक्षा ८ को जिल्ला स्तरीय र एसइइ परीक्षामा राम्रो नतिजा ल्याएको बताए । उनले विद्यालयबाट उत्पादित भएको विद्यार्थी अहिले डाक्टर, इन्जिनियर, सीए लगायत पोष्टमा रहेको बताए ।
२०६१ साल बैशाख २ गते स्थापना भएको विद्यालयमा अहिले ५५० विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थीका लागि आवास पनि रहेको स्कूलमा सुदूरपश्चिमका पहाडी जिल्लाका बालबालिकालाई निम्न शुल्कमा पढाई रहेको प्रिन्सिपल शर्माले जानकारी दिए ।