धनगढी, ७ फागुन । कैलालीको धनगढीमा रहेको कपडा बैङ्कलाई ५२ थान कपडा सहयोग गरिएको छ ।
कैलाली बहुमुखी क्याम्पस थारू विद्यार्थी समाजको टिमले धनगढी उपमहानगरपालिका–४ शिबपुरी धाममा रहेको कपडा बैङ्कलाई कपडा सहयोग गरिएको हो । राष्ट्रिय प्र प्रजातन्त्र दिवस २०८१ को अवसरमा ५२ थान कपडा सहयोग गरेको थाविसका सल्लाहकार दिपक चौधरीले जानकारी दिए ।
कपडा हस्तान्तरण कार्यक्रममा कैलाली बहुमुखी क्याम्पस थारू विद्यार्थी समाजका सल्लाहकार दिपक चौधरी, सहसचिव अम्बिका चौधरी, सदस्य रबिता चौधरी लगायतको टिम रहेको थियो ।