धनगढी, ५ फागुन । शैक्षिक एवं सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत कैलालीका सकृय सामाजिक अभियन्ता,अधिकारकर्मी राजेन्द्र रैका सम्मानित भएका छन् ।
सिद्धनाथ माध्यमिक विद्यालयको ३४औँ बार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा अधिकारकर्मी रैका सम्मानित भएका हुन । कार्यक्रमका प्रमुख अतिथी एंव भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर शाही र विद्यालय व्यवस्थापन समिति अध्यक्ष किसनदेव उपाध्यायले अधिकारकर्मी रैकालाई सम्मान गरेका थिए ।
अधिकारकर्मी रैका दुई दशक देखि गुणस्तरीय शिक्षा, मानवअधिकार, दलित अधिकार, सामाजिक न्याय, रुपान्तरण, युवा सशक्तीकरण, दलित सिमान्तकृत समुदायको हक अधिकार एंव सामाजिक विकासका क्षेत्रमा कृयाशिल रहदै आएका छन् ।
कैलाली जिल्लामा रहि शैक्षिक, सामाजिक एंव मानव अधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत यस अघि उनी युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ बाट समेत सम्मानित भई सकेका छन् ।
अधिकारकर्मी रैका सामाजिक विकास जागरण मञ्च नेपालको अध्यक्ष,मानव अधिकार संरक्षण मञ्च नेपालका सुदूरपश्चिम प्रदेश सचिव, सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयको सञ्चालक समिति सदस्य र दलित अधिकारका लागि राष्ट्रिय सञ्जालका महासचिव, बहुउद्देश्यीय विकास समाज, दलित गैरसरकारी संस्था महासंघको सुदूरपश्चिम प्रदेश सहसचिव, एम्नेस्टी ईन्टरनेशनल नेपालको को सेक्रेटरी पदमा रहि मानव अधिकार,दलित अधिकार, सामाजिक न्याय र शैक्षिक रुपान्तरणको क्षेत्रमा कृयाशिल छन् ।