५ बैशाख २०८३, शनिबार April 18, 2026

बरघर, भलमन्सा संघको अध्यक्षमा पूर्व मुख्यमन्त्री चौधरी

२८ माघ २०८१, सोमबार
बरघर, भलमन्सा संघको अध्यक्षमा पूर्व मुख्यमन्त्री चौधरी

घोराही, २८ माघ । मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन् । दंगीशरण गाउँपालिका –३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चयन भएका हुन् ।
यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर), महासचिवमा मथुराप्रसाद थारु (बर्दिया), सचिवमा केशव थारु (बाँके) चयन भएका छन् ।
यस्तै, सदस्यमा आशाराम थारु (कपिलबस्तु), रामबलि चौधरी (रुपन्देही), सुनिता डंगौरा (कञ्चनपुर), कैलालीबाट यज्ञराज चौधरी, विमला डंगौरा र गणेश चौधरी, बाँकेबाट सुशील चौधरी र फुलकुमारी चौधरी, दाङबाट चन्द्रप्रसाद चौधरी, मनकुकमारी चौधरी, जगवीर चौधरी र यमबहादुर चौधरी, दुर्गाबहादुर थारु (सुर्खेत), बर्दियाबाट लखनप्रसाद वैद्य, माघुराम थारु तथा मोतिराम चौधरी निर्वाचित भएका छन् । एक उपाध्यक्ष, कोषाध्यक्ष र सचिव पदमा भने संघको बैठकबाट मनोनित गर्ने संघका नवनिर्वाचित अध्यक्ष चौधरीले बताए ।