धनगढी, २८ माघ । नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथौँ राष्ट्रिय सम्मेलन कैलालीमा हुने भएको छ ।
टीकापुरमा फागुन २० देखि २२ गतेसम्म सम्मेलन गर्न लागिएको छ । सम्मेलन तयारीका लागि हालै धनगढीमा बसेको मोर्चाको विस्तारित बैठकबाट विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी बाँडफाँड समेत गरिएको छ ।
मोर्चाका कैलाली अध्यक्ष तिलक चौधरीका अनुसार २४ जिल्लाबाट सहभागिता हुने सम्मेलनमा १५ सय जना प्रतिनिधिहरूको सहभागिता रहने भएको छ । जुन सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
सम्मेलनको उद्घाटन माओवादी केन्द्रका एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट हुने भएको छ । साथै सम्मेलनमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जर्नाधन शर्मा, नेतृ एवं पूर्व सभामुख ओनसरी घर्तीलगायतको सहभागिता रहने मोर्चाले जनाएको छ ।