१५ बैशाख २०८३, मंगलवार April 28, 2026

युनिकको अर्ध बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

२० माघ २०८१, आईतवार
युनिकको अर्ध बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

बाँके, २० माघ । देशकै प्रतिष्ठत लघुवित्त तथा अन्तर्राष्ट्रियस्तरको स्मार्ट क्याम्पियन सर्टिफिकेट (प्रमाणपत्र) प्राप्त युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो अर्ध वार्षिक प्रगति समिक्षा तथा कर्मचारी क्षमता विकास तालिम सम्पन्न गरेको छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार लुम्बिनी प्रदेशको बाँके जिल्लाको कोहलपुरमा एक भब्य कार्यक्रमका बिच संस्थाको अर्ध वार्षिक प्रगति समिक्षा कार्यक्रम तथा कर्मचारी क्षमता विकास तालिम सम्पन्न गरेको हो ।
संस्थाका कार्यकारी निर्देशक लघुवित्त विज्ञ तथा सामाजिक अभियन्ता डा.गोपाल दहितको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी संस्थाका सञ्चालक समिति अध्यक्ष शिव बहादुर चौधरी, विशिष्ट अतिथि सञ्चालक समिति सदस्य पुरन प्रसाद चौधरी, जागेश्वर प्रसाद चौधरी, सन्तराम धरकटुवा थारु, बालिका चौधरी, जगतराम थारु रहेका थिए ।
अतिथीहरुमा संस्थाका एचआर तथा तालिम सेक्सन प्रमुख मान बहादुर थारु, लघु वित्त सेक्सन प्रमुख मदन चौधरी, आइटी प्रमुख रमेश चौधरी, वरिष्ठ अधिकृत तुलाराम चौधरी, आन्तरिक लेखा परिक्षक तथा बरिष्ठ अधिकृत विनोद कुँवर, लेखा तथा प्रशासन प्रमुख अयोध्या चौधरी, स्टोर सेक्सन प्रमुख नरेन्द्र चौधरी, कर्जा अधिकृत तुला चौधरी, अधिकृत राजेन्द्र चौधरी, ईलाका कार्यालय धनगढीका प्रमुख सन्त कुमार चौधरी लगायत रहेका थिए ।
कार्यक्रममा संस्थाको सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा रहेका जिल्लाहरु कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ्ग, कपिलवस्तु गरी ४१ वटा शाखाका शाखा प्रमुखहरुले आव ०८१÷८२ को अर्ध वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थालाई अगाडी बढाउन र हालको प्रगतिको अवस्था साथै थप सुझाव दिन कार्यक्रमको आयोजाना गरिएको कार्यकारी निर्देशक डा. दहितले बताएका थिए । कार्यकारी निर्देशक डा. दहितले आव ०८१÷८२ को भावी मार्ग चित्र, निति तथा कार्यक्रमको उद्देश्य, उद्यसिलता विकास गर्ने, कर्मचारीले आफनो क्षमता विकास गर्दै अघि बढ्नुपर्ने साथै परिवर्तित नीति नियम तथा निर्देशिकाबारे सबै सजग हुनुपर्नेमा जोड दिएका थिए ।
पुर्व मन्त्री समेत रहेका दहितले एउटा गैरसहरकारी संस्थाका रुपमा ग्रामिण क्षेत्रमा काम गर्दै त्यसकै सफलताबाट आज वित्तिय क्षेत्रमा पनि केही गर्नुपर्छ भन्दै युनिक नामक संस्थाबाट सेवा गर्दै आएको र सुरुका दिनमा संस्थाको अवस्था र निरन्तर मिहिनेतबाट आज यो अस्थामा आई पुगेकोमा खुसी व्यक्त गरेका थिए ।
त्यसैगरि कार्यक्रमका प्रमुख अतिथी तथा सञ्चालक समिति अध्यक्ष शिव बहादुर चौधरीले हामीले निरन्तर ईमान्दारी पुर्वक दत्त चित्त, अनुशासित भई कार्य सम्पदान गर्दा सफल हुने र संस्था पनि राम्रो हुँदै जाने बताएका थिए ।
सञ्चालक समिति सदस्य तथा कार्यक्रमका बिशिष्ट अतिथि पुरन प्रसाद चौधरीले सस्थाका थुप्रै सकारात्मक पक्ष रहेको थप सुधार तथा यस क्षेत्रको बलियो संस्थाका रुपमा रहनका लागि कमी कमजोरी हटाउँदै अघि बढ्नुपर्ने साथै यस क्षेत्रमा संस्थाको छुट्टै छाप रहेकोले त्यसलाई निरन्तरता दिई अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
सञ्चालक समिति सदस्य बालिका चौधरीले संस्थाले अबलम्बन गरेको नीति नियम तथा सरोकारवाला निकायको जारी नीति नियमलाई ध्यानमा राखी चनाखो भई कार्य सम्पादन गर्नुृपनेमा जोड दिएकी थिइन् ।
संस्थाले २०५७ साल देखी पछाडी पारिएको वर्ग थारु, दलित, मुसलिम, आदिवासी, जनजाती, सिमान्तकृत समुदाय गरिबीको रेखामुनी रहेका महिला दिदिहरुलाई लघुवित्त कार्यक्रमबाट आर्थिक रुपमा सबल बनाउदै आएको छ ।
हाल संस्थासंग करिब ८३ हजार भन्दा बढी महिलादिदी बहिनीले लघुबित्त सेवा लिदै समुहमा बसेका छन् । संस्थाले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, गरी ६ वटा जिल्लामा ४१ वटा शाखा मार्फत सेवा बिस्तार गदै आएकोे छ ।