हसुलिया, १२ फागुन । कैलाली जिल्लाको कैलारी गाउपालिकाको पवेरामा अवस्थित श्री नागेश पशुपति शिक्षा (बोर्डिग स्कूल)मा स्थानिय लोकल फुडस (खाने परिकार) पकाउन (बनाउन) सिकाएको छ । स्थानिय स्तरका पकवानहरु ‘स्कूलले जिवनमा पकाउदै सिक्दै’ गरेका छन् ।
थारु पकवान ‘पकाउदै सिक्दै’ नागेश पशुपतिका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरु स्कूलमै मातृ भाषा बिषय अन्तर्गत प्रयाक्टीकल गरेर पकवानहरु तयार गरेका हुन् ।
विद्यार्थीले अन्दीको भात, खरियाँ, ठुसा, लुचुईं, कचरीको बरिया, तिनपुथियक साग, सुरिक सिकार, अचार, मुसाको चट्नी, मुसाको मासु, गंगटोको तरकारी, सिद्राको चट्नी, सिद्राको तरकारी, बयरको चट्नी, चाडपर्व अनुसारका विभिन्न प्रकारको थारु ढिक्री लगायत २३ थरीका पकवान तयार गरि एक कार्यक्रम बिच पकाईएका पकवान अभिभावक,शिक्षक,विद्यार्थीलाई स्वाद चखाएका थिए ।
‘पकाउदै सिक्दै’ कार्यक्रमा उपस्थित अभिभावक रामलाल चौधरीले अहिलेका युवा पिढीहरु आफनो मातृ (थारु) परिकार बनाउन, पकाउन नआएको बताए । उनले समाजमा विदेशी पहिरन, पकवानले स्थान पाएको बताए । हाम्रा पु्र्खाहरुले मात्रै थारु परिकार बनाउनमा सबै ज्ञानले भरिएको बताउँदै उनले पिँढी बित्दैजाँदा पकवान पनि बिस्तारै लोप हुनेमा चिन्ता व्यक्त गरे ।
‘अबका युवा विद्यार्थीलाई मातृ परिकार के कसरी बनाउनु पर्छ ? के के सामग्री चाहिन्छ भन्ने कुरा धेरैलाई थाहा नभएको हुन सक्छ’, उनले भने˗‘यसले केही हदसम्म भए पनि सिक्ने अबसर पाए र विद्यार्थीहरुले लोप हुँदै गईरहेको मातृ परिकारलाई बचाउनलाई अग्रसर भएकोमा (पकाउदै सिकेको) अत्यन्त खुशी छु ।’
नागेशका प्रिन्सिपल रतन बहादुर चौधरीले थारु परिकार अबको युवा पिढीलाई कसरी बनाउनु पर्छ भन्ने ज्ञान दिन स्कूलको पाठ्यक्रम अनुसार नै विद्यालयमा परिकार बनाउन सिकाएको बताए ।
उनले भने˗‘थारु परिकार अबको युवा पिढीलाई कसरी बनाउनु पर्छ के, कसरी बनाउनु पर्छ, के˗के मिसाउदा के परिकार बन्छ । चाडपर्व अनुसार परिकारको आकार, स्वरुप बेग्लाबेग्लै हुन्छ । ती परिकारको नामहरु के के हुन् । यी यावत कुराहरु युवापिढीलाई जानकारी नहुन सक्छ । त्यस कारण थारु मातृ पकवान, परिकारलाई मातृभाषाको बिषय पठनपाठन अन्तर्गत विद्यार्थीलाई विद्यालयमै प्राक्टीकल गराएका छौँ ।’
कार्यक्रमका सभापति तथा कक्षा ८ का विद्यार्थी निराजन चौधरीले थारु पकवानबारे आफु जस्तै अरु विद्यार्थी पनि परिकार र पकाउने विधि बारे जानकारी भएको बताए ।
उनले भने˗‘हामी जस्ता युवापिढीले आफ्नै मातृ परिकार कसरी बनाउनु पर्छ, कुन परिकार बनाउदा के के सामाग्री चाहिन्छ । हामीलाई केही थाहा थिएन । कुन चाडपर्वमा कस्तो पकवान बनाउनु पर्छ । विशेषगरी हाम्रो थारु समाजमा पुरुषले खानेकुराहरु, विभिन्न परिकार, पकवान बनाउँदैनन्, महिलाले मात्रै बनाउने हुँदा पुरुषको तुलनामा महिला बढी जानकार हुन्छन् । अबको हामी जस्ता युवापिँढीलाई त झन परिकारको नाम नै थाहा हुँदैन् । कुन तिहारमा कस्तो परिकार चाहिन्छ । कस्तो आकार, स्वरुपको हुनपर्छ । यी कुराहरु कक्षा ८ मा मातृ शिक्षा बिषय अन्तर्गत सम्पुर्ण साथीहरुले मिलेर २३ थरी परिकार पकाउने तरिकार र नाम थाहा भयो । शिक्षक,अभिभावकहरु माझ स्वाद चखाउन पाउने अवसर मिलेकोमा एकदमै हर्षित भएको छु ।’
यस अघि वडा नम्बर १ मा अवस्थित दीपेन्द्र माध्यामिक विद्यालयले पनि विद्यार्थीलाई थारु परिकार बनाउन सिकाएको थियो । कैलारी गाउँपालिकामा ९५ प्रतिशत बढी थारुजातीहरुको बसोबास रहेको छ । यस गाउँपालिका अन्र्तगतका सरकारी तथा गैरसरकारी कार्यलयमा कामकाजी भाषाको रुपमा थारु भाषा नै रहेको छ । यस थारु बहुसंख्यक क्षेत्र कैलारी गाँउपालिकाको सरकारी तथा बोर्डिङ्ग स्कूलमा पनि मातृभाषा थारु भाषाको पठनपाठन गराउँदै आएका छन् ।