हसुलिया, ४ फागुन । बालिका स–सक्तिकारणका लागि कैलाली जिल्लाका दुई स्थानिय तहमा रुपान्तरण कक्षा सुरु भएको छ ।
युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग, कैलारी गाउँ पालिका र टीकापुर नगरपालिकाको सहकार्यमा सामुदायिक बिकास केन्द्र (सि डि सि) मार्फत गल्र्स म्याटर परियोजना अन्तरगत
बालबालिका तथा किशोर किशोरीहरुको समग्र विकास गर्ने परियोजनाको लक्ष्यअनुरुप कक्षा सुरु भएको हो ।
रुपान्तरण कक्षा कैलारी गाउँ पालिकाकामा १५ वटा विद्यालय र १५ वटा समुदाय र सोही अनुरुपका कक्षाहरु टीकापुर नगरपालिकामा समेत १५ वटा विद्ध्यालय र १५ वटा समुदायमा जम्मा४२ हप्ता सम्म सञ्चालनमा रहने छन् । परियोजना मार्फत एक हजार आठ सय किशोर किशोरी प्रत्यक्ष लाभाम्बित हुने छन ।
श्री दिपेन्द्र मा बि, हसुलियामा कार्यक्रमको शुभारम्भ गर्दै, कैलारी गाउँ पालिकाका अध्यक्ष राज समझ चौधरीले, बालिकाको समग्र बिकासका लागि उनीहरुको स–सक्तिकरण मार्फत मात्रै सम्भव रहेको भन्दै यस परियोजनाले बालबालिका तथा किशोर किशोरीका बिरुद्ध समाजमा रहेका हानिकारक अभ्यासहरु लाई समेत सम्बोधन गर्ने अपेक्षा रहेको बताए ।
परियोजना हाल केहि सिमित स्कुल र समुदायमा लागु भएता पनि आगामि दिनमा पालिकाले यस कार्यक्रम लाई थप विस्तार गर्ने बताए ।
त्यस्तै, टीकापुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष यज्ञ प्रसाद न्यौपानेले कार्यक्रमको शुभारम्भ गर्दै, बालबालिकाको सकारात्मक रुपान्तरण मार्फतनै समाज परिवर्तन गर्न सकिने भएकाले यस कार्यक्रम लाई नगरपालिकाले विशेष महत्वका साथ हेरिरहेको बताए ।
रुपान्तरण कक्षा सञ्चालन गर्न यस अगावै कैलारी गाउँ पालिका र टिकापुर नगरपालिकाका १५ – १५ जना किशोर किशोरीहरु लाई १० दिनको प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको थियो ।