धनगढी, १ फागुन । परियार सेवा समाज सुदुरपश्चिम प्रदेशको भेला धनगढीमा सम्पन्न भएको छ ।
भेलाले कञ्चनपुरका दलित अगुवा अध्यक्ष गणेश नेपालीको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा टेकबहादुर परियार, विष्णु नेपाली र प्रदिप मलासी रहेका छन् । त्यसैगगरी सचिवमा दुर्गा नेपाली, सह–सचिवमा सन्तोष रैगाई, कोषाध्यक्षमा रमेश नेपाली चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मोहन दमाई, हरि नेपाली, लालु दास, नरेश रैगाई, अनिल रैगाई, प्रकाश सुनकोशी, तिलक परियार, बीर बहादुर नेपाली, गणेश नेपाली र खेमा परियार चयन भएका छन् ।
परियार समुदाय बिच एकता, सद्भाव आपसी हित, अधिकार, समानता, न्याय र पहिचानको संरक्षण एंव सम्बद्घन गर्ने उद्देश्यले संगठन निर्माण गरिएको परियार सेवा समाज कैलालीका अध्यक्ष एंव धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य चक्र नेपालीले बताए ।