हसुुलिया, १ फागुन । कैलारी गाउँपालिकाको वडा नं ३ सुर्मिनालामा वृक्षारोपण गरिएको छ ।
गाउँपालिकाको समन्वय तथा Kerk in actie र Cordaid को सहयोगमा बहुउद्देश्यीय विकास समाज(MPDS) डडेल्धुराद्वारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत वृक्षारोपण गरिएको हो ।
बाढी तथा डुबान र माटो कटानबाट प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको सहभागीतामा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रमको शुभारम्भ कैलारी गाउँपालिका वडा अध्यक्ष ध्वजहरिपाल बोहराले गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष बोहराले एमपीडीएसले स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरण सम्बन्धि समुदायमा सचेतना अभिवृद्धि गरी जैबिक तटबन्ध र वृक्षारोपण कार्यमा सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले बाढी, डुबान लगायतका बिपदबाट समुदायलाई जोगाउन सचेतीकरण प्रभावकारी हुने भएकाले त्यसका लागि पालिकाको तर्फबाट आफूहरु आगामी दिनमा पनि सहकार्य गर्न तत्पर रहने बताए ।
स्थानीय सुर्मिनाला बिपद व्यवस्थापन समितिका अध्यक्ष जगराम चौधरीले वृक्षारोपणले सुर्मिनालामा गर्ने निरन्तरको माटो कटानीलाई रोक्ने र बस्ती डुबान हुनबाट बच्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा भजनी नगरपालिका वडा नं ३ का सदस्य किसनलाल चौधरी, परियोजनाका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैका, सामाजिक परिचालक सर्मिला चौधरी लगायतकाको सहभागीता रहेको थियोे ।